लोकतन्त्र स्थापना र जनाधिकारका लागि संघर्ष गरेको पार्टी भएको भन्दै अभिनेता शाही कांग्रेस प्रवेश — OSNepal

लोकतन्त्र स्थापना र जनाधिकारका लागि संघर्ष गरेको पार्टी भएको भन्दै अभिनेता शाही कांग्रेस प्रवेश

LC (KTM) August 12, 2022 0

काठमाडौं २७ साउन । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

आज शुक्रबार मन्त्री निवास पुलचोकमा गृहमन्त्री बालकृष्ण खाणको हातबाट टीका लगाएर शाही काँग्रेस प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश पछि अभिनेता शाहीले लोकतन्त्र स्थापना र जनाधिकारका लागि संघर्ष गरेको पार्टी भएकाले कांग्रेस प्रवेश गरेको बताए ।

काँग्रेस कलाकारिता क्षेत्र र कलाकारको सम्मान गर्ने पार्टी पनि भएको बताएका उनलाई गृहमन्त्री खाँडले काँग्रेस र नेपाल तरुण दलको सदस्यता प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर