नेता चौलागाईको निधन प्रति दुख व्यक्त गर्दै देशभरका पार्टी कार्यालयको आधा झण्डा तिन दिन झुकाइने — OSNepal

नेता चौलागाईको निधन प्रति दुख व्यक्त गर्दै देशभरका पार्टी कार्यालयको आधा झण्डा तिन दिन झुकाइने

LC (KTM) May 12, 2021 0

काठमाडौं २९ वैशाख । कोभिड १९ कोरोना भाइरसबाट संक्रमित बागमती प्रदेशसभा सदस्य तथा दोलखा निवासी पशुपति चौलागाइको निधनमा नेकपा एमालेले केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने भएको छ ।

आज बुधबार पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत आजबाट तिन दिन देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने र शोक पुस्तिका राखिने जनाइएको छ । कोरोना संक्रमित नेता चौलागाईको खिजो उपचारको क्रममा निधन भएको हो । उनको अब पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर