विश्व कीर्तिमानी गीतकार डा. डीआरको नयाँ गीत सार्वजनिक — OSNepal

विश्व कीर्तिमानी गीतकार डा. डीआरको नयाँ गीत सार्वजनिक

LC (KTM) August 12, 2022 0

काठमाडौं –
विश्व कीर्तिमानी गीतकार डा. डीआरको नयाँ गीत सार्वजनिक भएको छ । डा. उपाध्यायको बाबा सम्बन्धि लेखिएको मर्मस्पर्शी गीत ‘हो बाबा हो…’को लिरिकल भिडियो सार्वजनिक भएको हो ।‘नौ महिनासम्म कोखमै बस्यो सन्तान आमाको दुबैको भार उचाल्ने काँध थाकेन बाबाको कर्तब्य बोक्दा कहिल्यै काँध थाकेन बाबाको बाबालाई चिन्ता आमा र बच्चा परिवार साराको…’

यस्तै यस्तै भाव व्यक्त गरिएको गीतमा हरेक बाबाको सन्तानप्रतिको कत्वर्यबोधलाई प्रस्तुत गरिएको छ र जस्तो सुकै परिस्थितिमा पनि बाबा आफ्नो कत्वर्यबोधलाई निभाउन लागिरहेको हुन्छ भन्ने भाव प्रस्तुत गरिएको छ ।
बाबुल गिरीको स्वर र सङ्गीत रहेको गीतको भिडियोमा शिलन लम्सालनको सम्पादन छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

‘हरेक सन्तानले आमालाई महत्व दिने गर्छन, दिनु पनि पर्छ तर हामीले बाबाको मत्वलाई पनि त्यतिकै सम्मान गर्नुपर्छ भन्ने हेतुले बाबा सम्बन्धि गीत सार्वजनिक गरेको हुँ’, कीर्तिमानी गीतकार डा. उपाध्यायले भन्नुभयो, ‘बाबा सम्बन्धि गीत निकै कम लेखिने पाएकोले मैले यस विषयलाई उठान गरेर गीत लेखेको हुँ ।’

गीत संगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा. उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक फरक शैलीका गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ हालै लोकार्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *