राष्ट्रपति भवनअघि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोज्ने २० वर्षकी निहारिका पक्राउ — OSNepal

राष्ट्रपति भवनअघि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोज्ने २० वर्षकी निहारिका पक्राउ

LC (KTM) August 12, 2022 0

काठमाडौं :

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ परेकी छन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै अनसनरत उनले २० वर्षकी निहारिकाले शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेपछि पक्राउ गरिएको हो ।

राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याए पनि उनलाई प्रहरीले त्यासो  हुनबाट रोकेको बतायएको छ । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने माग राख्दै आएकी उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर