प्युठानमा पोखरीमा डुबेर दुई वर्षीय यमन केसीको मृत्यु,परिवारमा रुवाबासी — OSNepal

प्युठानमा पोखरीमा डुबेर दुई वर्षीय यमन केसीको मृत्यु,परिवारमा रुवाबासी

LC (KTM) June 22, 2021 0

काठमाडौ । प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्युु भएको छ । मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ ।

घर नजिकैको पोखरीमा आइतबार बिहान डुबेर अचेत हुनुभएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर