ख्याती प्राप्त दर्जन कलाकारको अभिनयमा "प्रतिको नशा" सार्बजनिक — OSNepal

ख्याती प्राप्त दर्जन कलाकारको अभिनयमा “प्रतिको नशा” सार्बजनिक

LC (KTM) August 13, 2022 0

काठमाण्डौ- हाल प्रबासमा रहेका लोकप्रिय सर्जक एवं गायक राम स्याङ्गतानको लयमा पुनः अर्को मौलिक लोक दोहोरी गीत “प्रतिको नशा” सार्बजनिक भएको छ । नेपाली गीत संगीतको क्षेत्र व्यवसायीका छैन, यद्धपि राम जस्ता कयौं कलाकारहरुको त्यागले आज लोक तथा दोहोरी गीत संगीतको क्षेत्र यति धेरै उचाइमा पुगेको छ । कुमारी लामाको दोश्रो प्रस्तुतिको रुपमा सार्बजनिक भएको माथि उल्लेखित गीतलाई शब्द भने महेश नेपालले भरेका छन् । गीतमा तारा श्रीष मगर र प्रताप दासको सुमधुर स्वर सुन्न सकिन्छ ।

राम स्याङ्गतान अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको म्युजिक भिडियोमा अभिनय भने आयुष्मा कार्की, आरुषी मगर, अनु पराजुली, अस्मिता राना, प्रिती तामाङ्ग, प्रकाश तामाङ्ग (राज) शुक्र लामा, राज मगर, सन्जिब ठकुरी र अमोन रानाको देख्न सकिन्छ ।

भिडियोमा कोरिग्राफी प्रकाश तामाङ्ग राजको रहेको छ । प्रकाश अभिनय, निर्देशन तथा कोरिग्राफीमा पछिल्लो समय निकै ब्यस्त कलाकार हुन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन अमोन रानाले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement