हाम्रो सुनौलो संसार बालआश्रममा बालबालिकाहरूसँग भेटघाट एवं सहयोग कार्यक्रम — OSNepal

हाम्रो सुनौलो संसार बालआश्रममा बालबालिकाहरूसँग भेटघाट एवं सहयोग कार्यक्रम

LC (KTM) August 13, 2022 0

काठमाडौँ, साउन २६ गते । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीस्थित हाम्रो सुनौलो संसार बालआश्रममा रहेका बालबालिकाहरूसँग भेटघाट एवं सहयोग कार्यक्रम बुधबार सम्पन्न भएको छ । शान्ति, समृद्धि दीगो विकासको लागि मानवीय कार्य‘ ह्याप्स’ नामक सामाजिक संस्थाद्वारा आयोजित एक कार्यक्रमबिच संस्थाको पहलमा एनआरएन फ्रान्सका पूर्वअध्यक्ष तथा समाजसेवी इन्जिनियर निर्मल अर्याल र उहाँकी धर्मपत्नी ज्योति आचार्य अर्यालले संस्थामा रहेका २० जना बालबालिकाहरूलाई खाद्य तथा आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

अनौपचारिक रुपमा सञ्चालित उक्त कार्यक्रममा कागेश्वरी मनोहर नगरपालिका वडा नंं. १ वडा अध्यक्ष मुकुन्दप्रसाद गजुरेल, महिला वातावरण समूहकी सचिव मुना न्यौपाने, समाजसेवी पुस्कर प्याकुरेल, कृष्णप्रसाद अर्याल, दलबहादुर तामाङ, वसन्त थापा, जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल ह्याप्सका सचिव ठाकुरप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष गजुरेलले सामाजिक संस्थाहरूको दायित्व र पारदर्शिताबाट मात्रै सहयोगीहरूको मन जित्न सकिने धारण राख्दै संस्थाका आर्थिक पारर्दिताका पाटोहरू समेत बताउनुपर्नेमा जोड दिँदै सेवा कार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

एनआरएन फ्रान्सका पूर्वअध्यक्ष तथा समाजसेवी इन्जिनियरले आफू प्रवासमा रहे पनि नेपालको माया कहिल्यै नमार्ने बताउँदै नेपालमा छोरी शिक्षा अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै माध्यमिक स्तरका छोरीलाई सहयोग गर्दै आइरहेको बताउनुभयो । पाल्पा, प्युठान र गोर्खामा समेत सक्रियताका साथ सञ्चालन भइरहेको यो अभियान अन्य जिल्लाहरूमा समेत विस्तार गरिने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै, अर्यालकी धर्मपत्नी ज्योति आचार्य अर्यालले आफ्नो श्रीमान र ससुरा बुबाको प्रेरणाका कारण आफू पनि समाजसेवाको पाटोमा जोडिन पाउँदा खुशी र आनन्दित भएको बताउँदै आफ्नो ससुरा बुबाको पहलमा फ्रान्का दुई सडकमार्गको नाम गोर्खा र पनौती राख्न सफल भएको स्मरण गर्नुभयो ।

बालआश्रमकी सञ्चालिका मेनुका कोइरालाले बालबालिकाको सुनौलो भविष्य निर्माणका लागिका लागि विभिन्न संघसंस्था तथा मनकारीहरूको व्यक्तिहरूको सहयोगबाट व्यवस्थापन भइरहेको जानकारी गराउनुभयो ।कार्यक्रममा ह्याप्सका अध्यक्ष कुशल अर्यालले संस्थामार्फत विभिन्न समय मानवीय कार्य गरिँदै आएको बताउँदै हाम्रो सुनौलो संसार बालआश्रमका बालकालिकाहरूमाझ समेत आई सकेको सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर