चौथो स्टेजको क्यान्सर जितेकी गायिका  कोपिलाले ल्याइन् यस्तो तीज गीत — OSNepal

चौथो स्टेजको क्यान्सर जितेकी गायिका  कोपिलाले ल्याइन् यस्तो तीज गीत

LC (KTM) August 13, 2022 0

काठमाडौं-गत वर्ष आजको दिन गायिका कोपिला गौतम जीवन र मृत्युको दोसाँधमा थिइन । चौथो स्टेजको क्यान्सरले ग्रस्त उनलाई सात घण्टा लामो अप्रेसन गरिएको थियो । पुनर्जीवन पाएकी गायिका गौतमले यस वर्ष “नाचौं छम छम छम” भन्ने नयाँ तीज गीत बजारमा ल्याएकी छन् ।

गीतको म्युजिक भिडियो आजै गायिका कोपिला गौतम युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । साँस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा आएको गीतमा गायिका गौतमको एकल स्वर रहेको छ । गीतको शव्द रचना र संगीत गोविन्द मधुर आचार्यको रहेको छ ।

चर्चित कलाकार, निर्देशक शंकर विसीले गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन् । म्युजिक भिडियोमा मोडेल टिका जैसी र अनु पराजुलीले अभिनय, नृत्य गरेका छन् । ओजपूर्ण शब्द, संगीत, सुमधुर स्वर र सशक्त अभिनय रहेको यस गीतले न्याय पाउन सक्ने सम्भावना रहेको छ ।

“जीवन साँचे हाँस्न नाँच्न पाईंदो रहेछ । मरेर कसैले केही लाँदैन बाँचुन्जेल कसैलाई नरुवाउँ सके बरु नचाऔं, हँसाऔं, बचाऔं भन्ने झन बढी महसुस गरेकी छु,” गायिका गौतमले गीत सार्वजनिक भए पछि भनिन् ।लोक, दोहोरी तथा आधुुनिक गीत संगीतमा परिचित गायिका गौतमले केही बर्षयता साँस्कृतिक तीज गीतमा फरक पहिचान बनाउन सफल भएकी छन् । यसअघि गायिका गौतमका पोखरा फेवाताल, आमाले पकाको दर राम्रो, मेरै घरमा बसेर दर खाउँला, चौतारी ताकेर जस्ता लोकप्रिय तीज गीतहरु बजारमा आईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement