अञ्जु पन्तको तीज गीत ‘दपर्ण छायाँ हेर त मायाँले’ सार्वजनिक — OSNepal

अञ्जु पन्तको तीज गीत ‘दपर्ण छायाँ हेर त मायाँले’ सार्वजनिक

LC (KTM) August 13, 2022 0

काठमाडौ- नारी पर्व नजिकिदै गर्दा एकपछि अर्को तीज गीतको भिडियो सार्वजनिक हुने क्रम जारी छ । यसै मेसोमा ‘दपर्ण छायाँ हेर त मायाँले’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका अञ्जु पन्तको मिठो स्वर समेटिएको गीतमा शब्द नेत्र अर्याल, मिक्सिङ मनोज परियार, चर्चित युवा संगीतकार राजेन्द्र बजगाईंको संगीत तथा एरेञ्जर रहेको भिडियोमा नायिका उषा खनाल र राविभ जंग वस्नेत लगायतको अभिनय रहेको छ ।

सौरभ लामाको छायांकन, पदम सुवेदीको सम्पादन रहेको भिडियोका निर्देशक शिव बिक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement