पोखरेली एक उदयमान बैज्ञानिक डा. निरञ्जन कोइराला — OSNepal

पोखरेली एक उदयमान बैज्ञानिक डा. निरञ्जन कोइराला

LC (KTM) August 13, 2022 0

श्याम गैरे –

आज अलि म पृथक पसिनाका नहरहरु बारे सुनाउँछु है त साथीहरु। जसले यहाँहरुका सपनाहरुमा सिन्चन् गर्न सहयोग गर्ने छ।सिरुपाती (प्रकाण्ड विद्वान, आयुर्वेद विद्वान, तन्त्र विज्ञ तथा राज ज्योतिष) श्रीपति कोइरालाको वंशावली अन्तर्गत लेखा अधिकृत एवम् ज्योतिष इन्द्र प्रसाद कोइराला र नानीमाया कोइरालाका दोस्रो सन्तान हुन् डा. निरञ्जन कोइराला। उनको जन्म २०४२ साल जेठ २० गते पोखराको चिप्लेढुंगा मा भएको थियो । सानैबाट जिज्ञासु तर उट्पट्याङ, बदमासी र स्कूल जान नमान्ने उनको स्वभाव थियो। यो देखेर उनका बुवा निकै आजित भइसकेका थिए र उनी विश्वस्त पनि भएका थिए कि अब यसले पढाईमा केही प्रगति गर्दैन ।

चितवनको एभरेष्ट बोर्डिङ स्कूलमा नर्सरीमा भर्ना हुँदा उनको उमेर ४ वर्षको थियो तर उनको पढाइमा फिटिक्कै रुचि थिएन। एक पटक उनका बुबाले उनलाई बाइकमा पछाडि राखेर स्कुल लैजाँदै हुनुहुन्थ्यो त्यतिखेर उनी स्कुल जान नमानेर बाइकबाट हाम फालेका थिए र बाइक पल्टिएको थियो भनेर उनका बुवाले सुनाउँदा मेरा आङ्का रौँ ठाडा ठाडा भएका थिए।

उनको बाल्यकाल खुबै रमाइलो सँग बित्यो। एक पटकको कुरा हो उनका घरमा भैँसी दुहुदा उनको मनमा भने निक्कै नयाँ विचार जन्मियो। त्यो के थियो भने नि यो भैँसीको थुनको सानो प्वाल बाट यति धेरै दुध आउँछ भने यसको प्वाल लाई ठूलो गरायो भने त झन् कति धेरै दुध आउला? यो विचारले उनलाई खेदी रह्यो भोको बिरालोले मुसोलाई खेदे झैं। फलस्वरूप उनले बुवालाई भने, बाबा भैँसीको थुनमा सियोले प्वाल पार्नु न! त्यसो गर्दा दुध धेरै आउँछ नि हजुरलाई थाहा छैन भनेर भन्दा त्यतिखेर लागेको हाँसो उठ्दो कुरा सम्झँदा मलाई अझै पनि हाँसो रोकिन्न भन्दै आमा नानी माया ले खुब चाखलाग्दो कुरा सुनाउनु भयो। यसबाट नै उनको शोधको सुरुवात भएको रहेछ भने बुझ्न सकिन्छ।

उनले पाँच वटा स्कूल दश कक्षा सम्म पढ्दा फेरे। कहिले बुवाको सरुवाले होस् यात पारिवारिक परिस्थितिका कारणले। धेरै मुलको पानी खाएकोले होला उनी जस्तो परिस्थितिमा पनि सजिलै घुलमिल हुने बनी पर्यो।जब उनी एस.ओ.एस गण्डकी स्कुलमा कक्षा आठमा भर्ना भए त्यसपछि उनको पढाईको स्तरमा निक्कै भिन्नता आयो नतिजा स्वरूप उनी कहिले प्रथम, कहिले दोस्रो हुन्थे त कहिले तेस्रो। यसरी उनले २०५८ सालमा विशिष्ट श्रेणीमा एस. एल. सि उतिर्ण गरे।

त्यति बेला सम्म उनको परिश्रमी बन्ने उनको बानी परिसकेको थियो। डा. कोइराला वैज्ञानिक माइकल फराडे र लुई पास्चर जसको फर्मेंनटेसन, भ्याक्सिन अनि थ्योरी अफ बायोजेनेसिसबाट निक्कै प्रभावित थिए। बिज्ञानमा निकै चासो राख्ने कारणले गर्दा उनले +२ साइन्स सगरमाथा उच्च मा.वि पोखराबाट उतिर्ण गरे।

अब नयाँ विषय पढ्नु पर्छ र संसारलाई केही न केही योगदान दिनु पर्दछ भन्ने सोचका डा. कोइरालाले भारतको बैंगलोर विश्व विद्यालय बाट बायोटेक्नोलोजी विषयमा व्याचलर र मास्टर्स २०१० मा सकाए। घरबाट बाहिर जाँदाको संघर्ष गर्दै उनले जीवन जीउने कला समेत सिके। पाँच फिट दश इन्च ऊचाई, हल्का लामो कपाल, मेलेको कद भएकै कारण डा. कोइराला इन्टर कलेज फेशन कम्पिटिशनमा अवार्ड जीते पछि त्यो सहरमा मोडेलको रूपमा समेत कहलाय। बैंगलोरबाट स्नातकोत्तर गरेपछि उनी नेपाल फर्किएर अध्यापन गर्न थाले। काठमाडौँको सान इन्टरनेशनल कलेज र लर्ड बुद्ध एकेडेमीमा बायोटेक्नोलोजी विषय स्नातक र स्नाकोत्तर तहमा अध्यापन गराएका थिए।

निक्कै लज्जालु डा. कोइरालाको प्रेम जीवन भने २ वर्ष जति नर्थ इस्ट कि रोजी (हल्का नाम परिवर्तन) सँग रह्यो। तर पछि संस्कार र संस्कृति नमिलेपछि उनी नर्सिङमा मास्टर्स पढ्न कलकत्ता लागिन् भने डा. कोइराला पिएच. डि गर्न कोरियाको सन मुन युनिभर्सिटी लागे। यसरी यो सम्बन्ध ब्रेकअप भयो, केटि सिरियल भई श्याम भाई तर म सिरियस भए नि भनी मुसुक्क मुस्कुराउँदै, आँखा सन्काउँदा राती ११ बजे तिर सुनाउँदा मेरो जोडको हाँसो सुनेर ओरीपरी घरका मान्छेले झ्याल नै खोली हेर्दै थिए कता के भयो भनेर। हेर्नु न यता यस्तो भयो, उता भने त्यस्तो हा हा हा..

फर्मास्युटिकल बायोकेमिस्ट्रीमा विद्यावारिधि गरेका डा. कोइरालाले- “कुनै पनि नेचुरल प्रोडक्ट अथवा जुनसुकै औषधिलाई ग्लाईकोसाइलेशन वा मिथाइलेशन गर्दा यसले औषधिको घुलनशीलता, स्थिरता र बायोलोजिकल एक्टिभिटी/ जैविक गुण बढाउँछ” भनेर पत्ता लगाए । जुन विधिलाई आहेले वैज्ञानिकहरुले कोइरालाज डबल इफेक्टको नामले संसारभरि चिन्ने गरेका छन्। उक्त कामको डाक्टर कोइरालाले कोरियन इन्टेलेक्चुअल प्याटेन्ट अफिस (के. आई. पि. ओ) मा चार वटा प्याटेन्ट समेत दर्ता गराउन सफल भएका थिए। फलस्वरूप उनलाई सन मुन युनिभसिटीले इन्टरनेशनल स्टुडेन्ट अवार्डले समेत सम्मानित गरे सँगै उनले २०१६ मा पिच. डि सकेका थिए।

डा. अमृता घिमिरे (पिएच. डी , योग थेरापी) संग उनको वैवाहिक जीवन गाँसेका थिएँ। योग र ध्यान विषय विज्ञ अमृता आफ्नो यो जोडी हेरेर दङ्ग छिन्। खोई के हो कुन्नि वैज्ञानिकको जीवन? काममा फोकस भएको बेला र टाढा हुँदा अलि लामो समय फोन सम्पर्क नहुँदा दुःख लागे पनि उहाँको हाँसो, प्रेम गर्ने शैली अनि सरप्राइजिङ् नेचरले भने मेरो जीवनका सम्बन्धको गहिराईमै पुर्याउँछ भन्या भन्दै अमृता हाँस्दा आफुले जीवनको सम्पूर्ण दुःख बिर्सने भनी डा. कोइराला बताउँछन्। अमृता आएदेखि आफ्नो जीवनको उचाई बढेजस्तो महसुस भएको डा. कोइराला बताउँछन्।

उनको एक छोरा निशान चन्द्र कोइराला छन्। निक्कै चन्चले निशानलाई डा. कोइरालाको बाल्यकालको अवतार हो कि भनेर मानिस झुक्किने गर्छन्र र धेरैले उनलाई जुनियर डा .कोइराला भनेर बोलाउँछन्। निशान अहिले करिब पाँच वर्षको भइसकेको छन् र आफ्नो छोराले आफू पनि आफ्नो बुबा जस्तै वैज्ञानिक बन्न चाहन्छ भन्ने कुरा सुनाउँदा बुबा मुस्कुराउनुहुन्छ।

समाज सेवामा निक्कै अग्रसर रहने डा. कोइरालाले संस्कृत बिद्यापिठका बटुकहरूलाई जाडोमा न्यानो कपडा देखि शैक्षिक सामग्री उपलब्ध गाउँदै आएका छन्। सन् २०१७ मा गैर नाफामुलक अनुसन्धान संस्था डा. कोइराला रिसर्च इन्स्टिच्युट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी (डा. KRIBB) स्थापना गरेका थिए। वर्षौंको सपना, रुचि, योजना र फराकिलो बौद्धिकतापछि डा. निरञ्जन कोइरालाले यसलाई आधिकारिक बनाउनुभयो। एस संस्थाले स्वदेश तथा विदेशमा अनुसन्धान गर्न इच्छुक विद्यार्थीहरुलाई राम्रो प्लाटफर्म रहेको विद्यार्थी रक्षा घिमीरे बताउँछिन्। डा. KRIBB नेपालमा अनुसन्धानको सम्भावना नपाएका मानिसहरूका लागि एक प्रमुख उदाहरण हो। उक्त संस्थाले जडिबुटीहरुमा गरेको अनुसन्धान प्रतिष्ठित इन्टरनेशनल जर्नलहरुमा प्रकाशित भएका छन् भने २० भन्दा बढी देशका बिज्ञानिक तथा प्राध्यापकहरु संग सहकार्य भई सकेको छ ।

सन् २०१८ मा पोस्ट डक्टरल डि. जि. ए. पि. ए फेलोसिपमा मेक्सिकोको युनिभर्सिड्याड नेसिओनल अटोनोमा डि मेक्सिकोबाट बायोमेडिसिनमा माइक्रोबियल जीनोमको जीनोम विश्लेषणबाट माध्यमिक मेटाबोलाइट्स उत्पादन सम्बन्धित अनुसन्धानमा छ महिना काम गरे। त्यसै गरी सन् २०१९/२० मा पुनः पोस्ट डक्टरल यू. एम मकाओ ट्यालेन्ट प्रोग्राम अन्तर्गत इन्भारोमेन्टल बायोटेक्नोलोजी ल्याबोरेट्रीमा एनारोबिक कोडिजेसन मार्फत बायोग्यास उत्पादनको वृद्धिसँग सम्बन्धित अनुसन्धान काम गरे र पछि कोभिड 19 को प्रभावले गर्दा उनी नेपालमा फर्किए। राष्ट्र भक्तिले ओतप्रोत भएका डा. कोइराला हाल भने गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान, पोखरामा अनुसन्धान बैज्ञानिक तथा प्रवक्ताको रूपमा कार्यरत छन्। उनी बायोटेक्नोलोजि सोसाइटी अफ नेपाल (बि. एस. एन) का आजीवन सदस्य, फाइटोकेमिकल सोसाइटी अफ एसिया (पि. एस. ए) को सदस्य सँगै इन्टरनेसनल एशोसियसन् अफ डाईटिक न्यूट्रिसन (आई. ए. डि. एन. एस) नेपालका निरीक्षक पनि हुन।
४ पेटेन्ट, १४०० भन्दा बढी साइटेसन, ५ बुक च्यापटर, ५० भन्दा बढी जर्नल आर्टिकल अन्तराष्ट्रिय ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका डा. कोइराला सम्माननीय राष्ट्रपतिबाट विद्याभूषण ‘ ए ‘ मेडल, नेपाल सरकारबाट युवा बिज्ञान तथा प्रविधि पुरस्कार, बायोकेमिस्ट्रीमा योगदान गरे बापत वि.आर.आई.सि.पि.एल इंडियाबाट युवा बैज्ञानिक पुरस्कार, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उत्कृष्ट पोस्टर प्रस्तुतीकरण र मौखिक प्रस्तुतीकरण पुरस्कार, पेटेन्टहरू लिन सफल भएकोमा सन मुन युनिभसिटीबाट इन्टरनेशनल स्टुडेन्ट अवार्ड समेत प्राप्त गर्न सफल भएका छन्।

अहिले नेपालका बिभिन्न विश्व विद्यालयमा स्नातक, स्नातकोत्तरका विद्यार्थीहरुलाई थेसिन सुपरभाइजर गर्दै आई रहे संगै १२० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरुमा रीभ्यूअर र फ़्रोन्टएर्स इन माइक्रोबायोलोजी सेक्सन माइक्रोबायोटेक्नोलोजी (प्रभाव कारक 6.06) का लागि गेस्ट एशोयोसियट एडिटरको भुमिका समेत निभाई सकेका छन्।

पंक्तिकारलाई डा. कोइराला बारे आफ्नो धारणा राख्ने व्यक्ति हरुको वरियता क्रम बारे एथेष्ट ज्ञान छैन त्यसैले यसमा चित्त नदुखाई दिन हुनु अनुरोध समेत छ। डा. निरञ्जन कोइराला बारे पंक्तिकार सँग कुरा गर्दै भने डा. निरञ्जन कोइरालाको अनुसन्धानमा गहिरो रुचि रहेको कुरा उहाँका अनुसन्धान लेखहरू बाट सजिलै बुझ्न सकिन्छ। यस्ता व्यक्तिहरूको खोजि देश विदेशमा निक्कै हुने गरेता पनि नेपालका विश्व विद्यालयहरूमा उहाँहरू जस्ता बैज्ञानीकहरुलाई उचित लोड दिन पर्छ। अहिले नयाँ विश्व विद्यालय खोल्ने क्रम बढ्दो छ तर पनि डा. कोइराला जस्ता उदयमन वैज्ञानीकहरूको विश्व विद्यालयमा उचित मूल्यांकनका लागि भने टाल टुल भई रहेको छ। यदि देशले यस्ता वैज्ञानीकहरु माथी उचित स्थान दिनु नसके देशले ठुलो मूल्य चुकाउने छ। “जुन देशले नयाँ प्रतिभाहरुलाई स्थान दिँदैन त्यो देशको कुनै भबिस्य हुँदैन।” आफूले यस्ता व्यक्तिहरुलाई स्थान दिदै आएको कुरा कोरोना कालको राष्ट्रिय युवा परिषद्को कार्यक्रममा डा. कोइरालालाई संयोजकको भुमिकामा प्रस्तुत गरेको र उहाँको कार्य शैलीबाट आफू निक्कै प्रभावित भएको त्रिभुवन विश्वविद्यालय, केन्द्रिय रसायन शास्त्र विभागका प्रा. डा. मोतीलाल शर्माले बताए।

त्यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पस, मेटेरियल साइन्स विषयका प्रा. डा. हेम राज पन्त जो मेटेरियल साइन्स विषय मा विश्वका २% वैज्ञानीकको बरियता सूचीमा पर्नु हुन्छ। उहाँले डा. कोइराला आफ्नो कार्य क्षेत्रमा कन्फिडेन्स रहेको अनुभूति सुनाउँदै उहाँले डा. कोइराला लगभग उहाँ नेपालका टप २० वैज्ञानिहरूको सूचीमा पर्ने कुरा बताउनु भयो।

सहयोगी भावना, मिजासिलो शोभाव, अनुसन्धानात्मक सीप, सकारात्मक सोच भएका डा. कोइराला सानै उमेरमा अनुसन्धानमा ठुलो फेडको मारेर अनुसन्धन क्षेत्रमा धनि भएको साथै यो अनुसन्धानात्मक सीपलाई नेपालले प्रयोग गरेमा नेपाल समृद्ध बन्न सक्ने धारणा अर्का नास्टका वरिष्ठ वैज्ञानिक डा. भोज राज पन्तले पंक्तिकार सँग राखे।

डा. निरञ्जन मेरो एकदम मिल्ने साथी हुन साथै एक्दम रमाइलो मान्छे पनि। यस्तो बानी ले देश विदेशमा बस्ने नयाँ अनुसन्धन कर्ताहरुको ध्यान आकर्षण गरेको सँगै नयाँ कुराको आविष्कारमा सिकारुका लागी उक्त शैली कोसेढुङ्गा साबित भएको प्रतिक्रिया सुन्दै एवम् देख्दै आएको साथै पंक्तिकार स्वयं यस्को उदाहरण रहेको क्यानाडामा बस्दै आएका वैज्ञानिक डा. जितेन्द्र उपाध्यय तिमिल्सिनाले बताए।

विद्यार्थी जेनिशा आचार्य आफूले डा. कोइराला सरलाई भेटे पछि उहाँको अनुसन्धान प्रतिको मोह, मित्रवत ब्यबहार, सरलता एवम् सकारात्मकताले आफ्नो अनुसन्धानमा रुचि झन् बढेर गएको बताइन्।

आफ्नो नाम बाट संस्था खोल्यो, आफ्नो विज्ञापन आफै गर्यो भनेर व्यक्तिहरुले आलोचना पनि गर्लान त्यो खासै महत्त्वपूर्ण बिषय हो जस्तो मलाई कदापि लाग्दैन् किनकि अल्फ्रेड नोबेलले आफ्नो नाम बाट किन नोबेल प्राइज नाम राख्यो? यो प्राइजको नाम अर्कै राख्नु पर्ने जस्तै साइन्स प्राइज, इकोनोमिस प्राइज, इत्यादि भन्नुको कुनै अर्थ हुँदैन। इंग्लिशमा एउटा भनाई छ “pronounciaton is not important but the renounceation is important ।” यहाँ नामले हैन कामले गर्छ सब थोक।

यसरी विज्ञान तथा प्रविधिको विकासमा चाहना राख्ने डा. कोइराला जस्ता पात्रहरु माथि कतिञ्जेल बाहाना बाजी गरी राख्छौ ए सरकार ? पसिना वेस्ट हो यसको कुनै काम छैन हुन पनि गन्याउने चिज को के काम होस्। तर पनि डा. कोइराला जस्ता पात्रहरुले बगाएको पसिनाका नहरहरुले धेरैका आशाहरु पसाउछन् भन्ने कटु सत्य कहिले बुझ्ने हामीले?

कुवामा कमलको फेदमै ट्वार ट्वार गर्दै बस्ने भ्यागुतोले जसले कहिले कमलको महत्व बुझ्दैन। यसरी नै कहिले सम्म चल्छ सरकार ? अब त अलि ढिला भएन र? उसो भए म के गरौं? भ्यागुतो मारौ या त कमालको डाँठ काटौं ? म त कन्फ्युज पो भए अहिले नेपाल फर्किएका बैज्ञानीक झैँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर