आज पनि पञ्चक, थाहा पाउनुहोस् तपाईंको राशिफल — OSNepal

आज पनि पञ्चक, थाहा पाउनुहोस् तपाईंको राशिफल

LC (KTM) August 14, 2022 0

काठमाडौं, २९ साउन:

आजको पात्रो : २९ साउन २०७९, आइतबार । तद्नुसार अगष्ट महिनाको १४ । भाद्रकृष्णपक्ष द्वीतीया, वणिज करण, पूर्वभाद्रपदा नक्षत्र, सुकर्मा योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः३३ मा भएको छ भने सूर्यास्त ६ः४५ मा हुनेछ । आज पनि पञ्चक रहेको छ । पञ्चक भएको बेला शुभकार्यलाई दोष मानिन्छ ।

आज साँझ ५ः०६ देखि ६ः४४ सम्मको समय राहुकाल छ । बिहान ११ः४३ देखि १२ः३५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा हरेक दिन शुभ मानिन्छ । आइतबार बिहान सूर्योदयको दर्शन गर्दा साताका दिन शुभ हुन्छ भन्ने मान्यता रहेको छ । आजको देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ ।

सरकारी कामकाजका लागि आइतबारको दिन शुरुवात गर्दा राम्रो हुनेछ । आइतबारको दिन आदित्यहद्य स्त्रोत पाठ गर्न सकिन्छ ।

आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नुहोला । बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातकका लागि आज अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्वदिशा तर्फको यात्रा फलदायी हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । सकारात्मक सोचपरक काम गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ सुखद खबरले खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ । शुभकार्य गर्दा शुभ दिन छ । बिहान सूर्योदयको दर्शन गर्दा फलदायी दिन र सप्ताह हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबार बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले आइतबार सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन अनुकूल रहेको छ । नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । कसैलाई सहयोग गरेमा मानसम्मान मिल्नेछ । पारिवारका सदस्यले समेत सम्मान गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । कम बोल्नु बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ र संत्सगी मित्रसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने आशीर्वादले सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । चन्द्रमाको साथ रहको छ । आजको दिन तपाईको कार्यसिद्धि हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । अनावश्यक आरोप लाग्नसक्छ । आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहको प्रभावले कार्यकुशलता बृद्धि हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला । नयाँ कामको शुरुवात गर्दा शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा आज प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतबार उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर