विश्वमै एकै दिन सबैभन्दा धेरै खोप लगाउने देश बन्यो भारत — OSNepal

विश्वमै एकै दिन सबैभन्दा धेरै खोप लगाउने देश बन्यो भारत

LC (KTM) June 22, 2021 0

एजेन्सी । भारतमा एकैदिनमा ८० लाखलाई कोरोना विरुद्धको खोप लगाइएको छ । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले हिजो ८० लाखलाई खोप लगाएको हो । कुनै देशमा एकैदिन यति धेरै संख्यामा खोप लगाइएको यो पहिलो पटक हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध लड्ने हतियारका रुपमा रहेकोले सबैले छिटो खोप लगाउनु पर्ने बताए ।

सामाजिक सञ्जालमा ट्वीट् गर्दै उहाँले खोप अभियानमा सक्रिय सबैलाई धन्यबाद दिएका छन् । भारतले हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति लिए अनुरुप १८ बर्षमा सवैलाई खोप लगाउने अभियान सुरु गरेको हो ।खोप लगाउन पाएका भारतीय नागरिकहरुले पनि सरकारको मुक्त कण्ठले प्रशंसा गरेको छ ।यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर