तीन दिनका लागि देशभित्र यातायात सेवा खुल्ला — OSNepal

तीन दिनका लागि देशभित्र यातायात सेवा खुल्ला

LC (KTM) June 22, 2021 0

कोलम्बो – श्रीलङ्कामा देशभरी लगाइएको यात्रा प्रतिवन्धको व्यवस्था तीन दिनका लागि हटाइएको छ । सरकारी अधिकारीहरुले अस्थायी रुपमा यात्रा प्रतिवन्धको व्यवस्था हटाइएको सोमबार जानकारी दिएका हुन । देशव्यापी यात्रा प्रतिवन्ध फुकुवा भएसँगै श्रीलङ्का भित्र यात्रा गर्न खुल्ला भएको छ । श्रीलङ्कामा गत मेदेखि देशभित्र यात्रा गर्न प्रतिवन्ध लगाइएको थियो । कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुख तथा देशका प्रधानसेनापति शभेन्द्र सिल्भाले सिन्ह्वालाई दिएको जानकारी अनुसार सोमबारदेखि लागुहुने गरी तीन दिनका लागि यात्रा गर्न पाइने भएको हो ।

आफ्नो घरमा जान नपाएका वा अति महत्वपूर्ण कामका लागि आवत जावत गर्नुपर्ने बाध्यतामा रहेकाहरुलाई ध्यान दिएर तीन दिनका लागि खुल्ला गरिएको उहाँले स्पष्ट पार्नुभयो ।अत्यावश्यक कामका लागि हिड्नु पर्दा एउटा परिवारको दुई जना मात्रै हिड्न पाइने व्यवस्था गरिएको पनि प्रधानसेनापति सिल्भाले जानकारी दिनुभयो । त्यसैगरी सरकार नियन्त्रीत कार्यालय तथा कम्पनीहरुलाई पनि सिमित व्यक्तिलाई मात्रै हिड्न पाइने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

श्रीलङ्कामा कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या अझै पनि बढी रहेकाले पुरै खुल्ला गर्ने अवस्था नरहेको सरोकारवालाहरुको निश्कर्ष छ । अहिले हटाइएको यात्रा प्रतिवन्धात्मक व्यवस्था आगामी बुधबार रातीदेखि भने फेरि लागु हुने सरकारले निर्णय गरेको छ । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार सुपरमार्केटहरुमा बढीमा २५ जना मात्रै जान पाउने र साना पसलहरुमा बढीमा ३ जना मात्रै जान पाउने व्यवस्था गरिएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर