रमाइलै रमाइलोमा यी युवकले गरे ९ युवतीसँग विबाह — OSNepal

रमाइलै रमाइलोमा यी युवकले गरे ९ युवतीसँग विबाह

LC (KTM) August 16, 2022 0

काठमाडौं ।

मानिसहरुले रमाइलो गर्ने अनेक बाहान सँधै खोजीरहेका हुन्छन् ।

नेपालमा बहुबिबाह अहिले बर्जित भएता पनि दुनियाका कतिपय स्थानमा भने अहिले पनि बहुविबाह गरेका समाचारहरु बेलाबेलामा आइ नै रहेका हुन्छन् ।

पटक पटक गरेर एकै पुरुषले धेरै महिलाहरुसँग गर्दै आएका विबाहको समाचारहरु तपाई हामीले पढ्दै सुन्दै आएको भएता पनि आज हामी तपाईलाई एक युवकले एकसाथ ९ युवतीसँग विबाह गरेको रोचक खबर सुनाउँदैछौँ । खबर हो ब्राजिलको ।

ब्राजिलका मोडल आर्थर ओ उर्सोले ९ वटी पत्निसँग एकसाथ विबाह गरेपछि अहिले उनी संसारभर भाइरल बनेका छन् । उनले एकसाथ ९ वटी पत्निसँग विबाह गरेता पनि उनले एउटी पत्निलाई विबाह लगत्तै छाडिदिएपछि अहिले उनीसँग ८ वटी पत्नि रहेका छन् ।

एक पुरुषले एक महिलासँग गर्ने विबाहलाई राम्रो नमान्ने बताउने आर्थरले प्रेम जीवन र मस्तीलाई विशेष प्राथमिकतामा राख्दै आए । उनले धेरै युवतीहरुसँग एकसाथ प्रेम गरे पश्चात अहिले यो मोडमा पुगेको उनी स्वयम बताउँछन् ।

ब्राजिलमा पनि बहुविबाह गैरकानुनी भएता पनि आर्थरले अहिलेसम्म कानुनी हिसाबले ठूलो अप्ठ्यारो भोग्नु नपरेता पनि उनलाई अहिले असजिलो भने हुँदै गइरहेको छ ।

आर्थरले अहिले आँफुलाई खर्च धान्न अप्ठ्यारो परेता पनि आफ्नी वास्तविक पत्नि लुखाना कंजाकी निकै बुझ्ने महिला भएका कारण कुनै समस्या नआएको उनी बताउँछन् । आर्थर भन्छन् अहिले त यति धेरै पत्नि पाल्नै धौ धौ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर