तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा ५० वर्षीय रावत समातिए, उनको साथमा थियो २२ लिटर एसिड — OSNepal

तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा ५० वर्षीय रावत समातिए, उनको साथमा थियो २२ लिटर एसिड

LC (KTM) August 16, 2022 0

सल्यान, ३१ साउन :

तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रावतले मादक पदार्थ सेवन (मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिव २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर