थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५२६ जना भए संक्रमणमुक्त — OSNepal

थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५२६ जना भए संक्रमणमुक्त

LC (KTM) August 16, 2022 0

काठमाडौं ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६१९ जनाको नमुना परिक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २४ घण्टामा एक जना संक्रमितको ज्यान गएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर