मेरो फिल्म चलेन भने म पारिश्रमिक फिर्ता गर्छु : नायक पुष्प खड्का — OSNepal

मेरो फिल्म चलेन भने म पारिश्रमिक फिर्ता गर्छु : नायक पुष्प खड्का

LC (KTM) August 17, 2022 0

काठमाडौं :

नायक पुष्प खड्काले आफ्नो फिल्म कृष्ण लिला नचले पारिश्रमिक फिर्ता दिने घोषणा गरेका छन् ।

रंग पत्रकार प्रकाश सुवेदीको कार्यक्रम द प्रकाश सुवेदी शोमा कृष्ण लिलाको प्रमोशनका लागि नायिका श्रद्धा क्षेत्रीसँगै पुगेका नायक खड्काले आफ्नो फिल्म असफल भएर लगानी पनि उठाउन नसकेको खडण्डमा आँफुले लिएको पारिश्रमिकको केही प्रतिशत फिर्ता गरेर निर्मातालाई सहयोग गर्ने उनले घोषणा गरेका हुन् ।

नेपालमा पछिल्ला दिनमा चल्तिका कलाकारहरुले पारिुश्रमिक अत्यधिक बढाइहने तर फिल्मले लगानी पनि उठाउन नसक्ने अवस्थाकाबिच सोधिएको प्रश्नमा साउथको उदाहरण दिँदै पत्रकार सुवेदीले सोधेको प्रश्नको उत्तर दिने क्रममा नायक खड्काले आफ्नो फिल्म नचलेको खण्डमा आँफु पारिश्रीमकको केही अंश फिर्ता गर्न तयार भएको बताए ।

गत अप्रिलमा रिलिज भएको मेगा बजेट तमिल फिल्म ‘आचार्य’का स्टारद्वय चिरञ्जीवी र राम चरणले निर्मातालाई आफ्नो आधा पारिश्रमिक फिर्ता गरिदिएका थिए । उनीहरूसँगै फिल्मका निर्माता कोरातला सिवाले पनि आफ्नो ५० प्रतिशत पारिश्रमिक फिर्ता दिएका छन् ।

यो फिल्म निकै धुमधामका साथ रिलिज भएको थियो । बाबुछोरा चिरञ्जीवी र रामचरणको अभिनय रहेकाले पनि फिल्मले सफलता पाउनेमा सबैजना ढुक्क थिए । तर वास्तविकता ठीक विपरित भइदियो । फिल्मले बक्सअफिसमा टिक्न सकेन ।

जसकारण फिल्मका निर्मातासँगै वितरकले नराम्रो घाटा सहनुपरेको हो । फिल्म हिट हुने आशामा वितरकले महँगो मूल्यमा फिल्म किनेका थिए । उनीहरुले निर्मातासँग फिल्मबाट प्राप्त मुनाफा नबाँड्ने र असफल भएमा त्यसको क्षति आफैं व्यहोर्ने सहमति गरेका थिए ।

फिल्म असफल भएपछि वितरकहरु निर्माता तथा निर्देशकको शरणमा पुगे । उनीहरुले घाटाको भरपाई हुने आश्वासन दिएपछि निर्देश्क कोरातलाले आफ्नो आधा पारिश्रमिक निरञ्जर रेड्डीलाई फिर्ता गरे । यो कुरा चिरञ्जीवी र राम चरणले थाहा पाएपछि उनीहरुले पनि आधा प्रतिशत रकम फिर्ता गरिदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर