गण्डकी प्रदेश:अन्तिममा आएर राष्ट्रिय जनमोर्चाले दियो धोका ! कांग्रेस हेरेको हेरै , फेरि मुख्यमन्त्रीमा गुरुङ ! — OSNepal

गण्डकी प्रदेश:अन्तिममा आएर राष्ट्रिय जनमोर्चाले दियो धोका ! कांग्रेस हेरेको हेरै , फेरि मुख्यमन्त्रीमा गुरुङ !

LC (KTM) May 12, 2021 0

पोखरा २९ बैशाख । गण्डकी प्रदेशमा नयाँ सरकारको लागि मत नपुगेकाले पुन मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्ति गर्ने तयारी भइरहेको बुझिएको छ । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको आफूलाई समर्थन गरेको भन्दै दावी गरेपनि राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहेको भन्दै विज्ञप्ती निकालेपछि पुन गुरुङको नियुक्त हुने बुझिएको हो ।

केहि बेर अगाडी मात्र चार दलले प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै पत्र बुझाएको थियो । राष्ट्रिय जनमोर्चाका दुई सांसदहरु तटस्थ बनेपछि नेपालीको पक्षमा २९ मत परेको छ जबकी मुख्यमन्त्रीको लागि ३१ मतको आवश्यक पर्दछ ।

संविधानमा व्यवस्था गरेअनुसार संविधानको धारा १६८९२० अनुसार कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पुर्‍याउन नसकेमा धारा १६८ ९३० अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था भएको हुँदा गुरुङलाई नै नियुक्त हुने सम्भावना बढेको हो ।प्रदेश कार्यालयमा अब केहि बेरमा नै बहुमत नदेखिए नयाँ पक्रिया अगाडी बढाउने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर