आँखालाई सधै स्वस्थ्य राख्नको लागी हरियो सागपात सहित यि पौष्टिक आहारको गर्नुहोस् सेवन — OSNepal

आँखालाई सधै स्वस्थ्य राख्नको लागी हरियो सागपात सहित यि पौष्टिक आहारको गर्नुहोस् सेवन

LC (KTM) August 17, 2022 0

काठमाडौं:

शरीररको सबैभन्दा महत्वपूर्ण र संबेदनशील अँग भनेको आँखा हो । आँखाको हेरचाह राम्रो सँग गर्नु पर्दछ । आँखालाई सधै स्वस्थ्य राख्नको लागी हरियो सागपात तथा पौष्टिक आहार खानु पर्दछ । आँखाको हेरचाह राम्रो सँग गरेको खण्डमा सधै स्वस्थ्य रहन सकिन्छ । आफ्नो आँखालाई कसरी सधै स्वस्थ्य राख्न सकिन्छ भन्ने कुरा बताउन गईरहेका छौ ।

आँखालाई सधै स्वस्थ्य राख्नको लागी भिटामिन युक्त खानेकुरा जस्तै बदाम , हरियो सागसब्जी र फलफुल, भिटामीन ए, बी,सी र ई युक्त खानेकुरा खाने गर्नु पर्दछ । सागपातमा भिटामिन ‘ए’ प्रचुर मात्रामा हुने भएको कारणले गर्दा आँखालाई राम्रो गर्छ ।

आँखालाई राम्रो बनाउनको लागी अण्डाको पनि सेवन गर्न सकिन्छ । अण्डामा ल्यूटिन र जीजेथिन् नामको तत्वबाट क्यारोटिनायड्सको निर्माण हुन्छ र यस्ले आँखाको कोषलाई धेरै फाईदा पुर्याउँछ। बदामको सेवन गर्दा पानीमा भिजाएर मात्रै खाने गर्नु पर्दछ । बदाम पानीमा भिजाएर सेवन गरेको खण्डमा यसले आँखालाई राम्रो गर्छ । आँखाको बाहिरी भागभन्दा पनि भित्रि भाग स्वस्थ्य राख्नु पर्ने भएको कारणले गर्दा आँखालाई फाईदा गर्ने खानेकुराको मात्रै सेवन गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर