स्वास्थ्य अवस्था बिग्रिएपछी हिमानी शाह अस्पताल भर्ना — OSNepal

स्वास्थ्य अवस्था बिग्रिएपछी हिमानी शाह अस्पताल भर्ना

LC (KTM) August 17, 2022 0

काठमाडौं :

पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालमा भर्ना भएकी छिन् ।केही दिनदेखि उनलाई ज्वरो आएपछि उनलाई अस्पतालमा आज भर्ना गरिएको हो ।गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् ।

स्वास्थ्य अवस्था बिग्रिएर थप सुधार नभएपछि उलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताए । उनी अस्ट्रेलियाबाट सोमबार काठमाडौं फर्किएकी हुन्।

यहाँ आएपछि पनि घाँटीको समस्या कम नभएपछि बुधबार अस्पताल भर्ना भएको पाठकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर