माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय — OSNepal

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

LC (KTM) August 17, 2022 0

काठमाडौँ, १ भदौ -नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ ।सो पार्टीको आज बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिनुभयो । बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ ।

एकताका लागि (माओवादी केन्द्र)ले यसअघि नै निर्णय गरिसकेको थियो । नेकपा (एमाले) बाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ भने आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि बैठकमा छलफल भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर