चार बुँदे सहमतिपछि पछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध — OSNepal

चार बुँदे सहमतिपछि पछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध

LC (KTM) August 18, 2022 0

नुवाकोट २ भदौ । चार बुँदे सहमतिपछि काठमाडौंबाट फोहोर लिएर गएको गाडीलाई सिलडोल बञ्चरे डाँडावासीले अवरोध गरेका छन् । आज बिहानै फोहोर लिएर गएका गाडीहरुलाई स्थानीयले रोकेका हुन् ।

यस अघि नै महानगरपालिका र काठमाडौं ,नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष र धादिङको धुनिबेसी नगरपालिकाका मेयरको रोहबरमा प्रभावितका प्रतिनिधिबिच चार बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए अनुसार केही दिनअघि पक्राउ परेका युवाको रिहाई नभएसम्म फोहोर बिसर्जन गर्न सरोकार समिति संयोजक नवराज ढुंगानाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर