व्यवसायीलाई १५ दिनको समय दिएर कलंकीस्थित खसी बजार हटाउन मेयर बालेन साहको निर्देशन — OSNepal

व्यवसायीलाई १५ दिनको समय दिएर कलंकीस्थित खसी बजार हटाउन मेयर बालेन साहको निर्देशन

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । काठमाडौं महानगरपालिकाले वातावरणीय प्रदूषण बढाएको भन्दै कलंकीस्थित खसी बजार हटाउन निर्देशन दिएको छ ।

महानगरका मेयर बालेन साहको निर्देशनमा आज बिहिबार एक सुचना जारी गर्दै काठमाडौं १४ मा पर्ने खसी बजार हटाउन निर्देशन दिइएको हो । केही दिनअघि सो क्षेत्रका स्थानीयले खसी बजार हटाउन माग गर्दै महानगरमा सामूहिक निवेदन दिए थिए ।

त्यसलगत्तै महानगरले सुचना जारी गरेको हो । हाल बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा खसी बजार सञ्चालनमा हुँदै आएको छ । नदी प्रदूषित भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको उजुरी आएका कारण महानगरले यस्तो कदम चालेको हो ।

व्यवसायीलाई १५ दिनभित्र वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन सुचनामा जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर