यो नागरिकता विधेयक खारेज गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा — OSNepal

यो नागरिकता विधेयक खारेज गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिँदै विधेयक फिर्ता गरेको स्वागत गरेकी छन् ।

बिहिबार संसद भवनमा जारी संसद बैठकमा उपाध्यक्ष पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिएकी हुन् ।

यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारणा राखेकी उनले नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भएको बताइन् ।

‘खुला सीमाना भएको देशमा विवाह गरेकै आधारमा नागरिकता प्राप्त गर्न योग्य हुने हो भने हमी फिजी हुने सम्भावना पनि छ,प्रायजसो देशमा (अंगीकृत नागरिकता दिन) सर्टेन टाइम राखेको पाइन्छ ।’ उनले संसद बैठकमा भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर