राष्ट्रपतिले पठाएको सुझाव निवन्ध मात्र कुन दफा संविधान विपरीत छ भन्ने समेत स्पष्ट छैन : त्रिपाठी — OSNepal

राष्ट्रपतिले पठाएको सुझाव निवन्ध मात्र कुन दफा संविधान विपरीत छ भन्ने समेत स्पष्ट छैन : त्रिपाठी

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । सांसद तथा पुर्व मन्त्री हृदयेश त्रिपाठीले नागरिकता विधेयकसँगै राष्ट्रपतिले पठाएको सुझाव निवन्ध मात्र भएको टिप्पणी गरेका छन् ।

बिहिबार जारी संसद बैठकमा सांसद त्रिपाठीले फिर्ता गरेको विधेयकमा राष्ट्रपतिले कुन दफा संविधान विपरीत छ भन्ने नसकेको भन्दै उनले भने, ‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए एक ढंगले छलफल अगाडि बढ्थ्यो होला । त्यो नपाएको हुनाले बढी निबन्ध जस्तो लाग्यो ।’

जन्मका आधारमा नेपाली नागरिकता लिएका आमाबाबुको सन्तानले ७ वर्षदेखि नागरिकता पाउन नसकेकाले यो विधेयक छिटो ल्याउनु पर्नेमा जोड दिएका उनले राष्ट्रपतिले कतिपय अतितका कुरा समेत गरेको बताए ।

उनले भने, ‘समितिमा सहमति हुन नसकेकै कारण नेकपाको सचिवालयमा गएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर