एक वर्ष अघि रक गायिका एनीसँग बिहे गरेका कार्म बेहुला बन्दा यस्ता देखिए — OSNepal

एक वर्ष अघि रक गायिका एनीसँग बिहे गरेका कार्म बेहुला बन्दा यस्ता देखिए

LC (KTM) August 18, 2022 0

काठमाडौं :

एक वर्ष अघि विवाह गरेका कार्मको बिहेको तस्विर बाहिर आएको छ । सार्वजनिक बिहेको तस्विरमा कार्म बेहुला बनेको छन् भने एनी सोफी बेहुली बनेकी छन् । उनीहरु ‘म्यारिज लुक्स’मा प्रफुल्ल देखिएका छन् । कोरोना महामारीलाई कारण बताउँदै कार्म र एनीले सीमित पाहुनाको उपस्थितिमा विवाह गरेका थिए ।

अब भने एक वर्ष पछि कार्मका पिता महेन्द्र र आमा घनलक्ष्मीले छोरा-बुहारीको बिहे भोजको निम्तो बाँडिरहेका छन् ।तर कोरोनाकै कारण रोकिएको भनिएको उनको बिहे रिसेप्सन शनिबार हुँदैछ । उनीहरु निकट कलाकार, निर्माता र आफन्तलाई बोलाइएको यो भोजलाई परम्परागत नेवारी भोज भनिएको छ ।

लामा ेसमयको प्रेम पछि कार्मले रक गायिका एनीसँग बिहे गरेका थिए । उनले केही नेपाली क्लब र कार्यक्रममा यसअघि सांगीतिक प्रस्तुत समेत दिएकी छन् । उनी फ्रान्सकी रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर