सिसडोल र बञ्चरेडाँडावासीलाई गगन थापाको अपिल : फोहोर व्यवस्थापनमा अवरोध नगर्नुहोस् ,काठमाडौंमा महामारी फैलिन सक्छ — OSNepal

सिसडोल र बञ्चरेडाँडावासीलाई गगन थापाको अपिल : फोहोर व्यवस्थापनमा अवरोध नगर्नुहोस् ,काठमाडौंमा महामारी फैलिन सक्छ

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोरले अस्तव्यस्त भएको भन्दै महामारी फैलिन सक्ने सम्भावना रहेको बताएका छन् ।

नेता थापाले फोहोर व्यवस्थापनमा सिसडोल र बञ्चरेडाँडावासीलाई अवरोध गर्न अपिल समेत गरेका छन् । सामाजिक सञ्जाल मार्फत नेता थापाले फोहोर व्यवस्थापनामा अवरोध नगरी सँगै बसेर समाधान निकाल्न आग्रह पनि गरेका छन् ।

उनले भनेका छन्, ‘काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ ।
अझ केहि दिन यस्तैरहे महामारी फैलन सक्ने सम्भावना छ । अत सिसडोल बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरुलाई काठमाडौंको सांसद र एक नागरिक भएको रुपमा अपिल गर्न चाहान्छु । अवरोध नगरिदिनुहोस् आउनुहोस् संगै बसेर समाधान निकालौं ।’

साथै उनले पार्टीका कोहि व्यक्तिले पनि अवरोध नगर्न आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर