मानिसबाट कुकुरमा पनि सर्‍यो मंकीपक्स, सचेत रहन आग्रह — OSNepal

मानिसबाट कुकुरमा पनि सर्‍यो मंकीपक्स, सचेत रहन आग्रह

LC (KTM) August 18, 2022 0

न्युयोर्क, २ भदौ:

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले मंकिपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ ।

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुईजना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो ।

‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो । हामी विश्वास गर्छौं कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो’, डब्लूएचओका रोजामुन्ड लुइसले भनिन् ।
मानिसबाट जनाबरमा मंकीपक्स संक्रमण सरेसँग डब्लूएचओले सावधानी दर्शाउन सबैलाई आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर