समय अभावका कारण आफ्नै बिहेमा पुग्न सकेनन् यी फुटबलर, भाइलाई बिहेमा पठाएपछि संसार पर्यो चकित — OSNepal

समय अभावका कारण आफ्नै बिहेमा पुग्न सकेनन् यी फुटबलर, भाइलाई बिहेमा पठाएपछि संसार पर्यो चकित

LC (KTM) August 18, 2022 0

काठमाडौं ।

आफ्नै विबाहमा जान नभ्याएका कारण एक बेहुला अहिले भाइरल बनिरहेका छन् ।

अन्तर्राष्ट्रिय फुटबल खेलाडी मोहम्मद बुया तुरेले व्यस्तताका बाबजुद आफ्नै विबाहमा जान नसकेको खुलासा गरेपछि अहिले सबै चकित परेका छन् । सियरा लियोनका स्टार फुटबल खेलाडी मोहम्मद बुया तुरेले लिगको उपाधि जितेपछि मात्र हनिमुनमा जाने बताएका छन् ।

हालै चिनियाँ फुटबल टोलीबाट प्रसिद्ध स्विडेनी फुटबल क्लब माल्मोमा सरुवा भएपछि उनले गरेको यो अचम्मको घोषणाले सबै चकित परेका हुन् ।

फुटबलर तुरेले यो अप्ठ्यारो परिस्थितिमा आफ्नो भाइलाई आफ्नो विवाहको संस्कार पूरा गर्न पठाएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुल्े उल्लेख गरेका छन् ।

विबाहको मिति सार्न नचाहेका यी खेलाडीले विवाहअघि आफ्नी भावी श्रीमती सुआद बेदौनसँग फोटो खिच्न भ्याए ।

सुआन र मोहम्मद बुया तुरेको विवाह जुलाई २१ मा तय भएको थियो । यो मिति अघि मोहम्मदले स्वीडेनका लागि हिँडिसक्नुपर्ने थियो। मोहम्मद बुया तुरेले बिहेको केही दिन अगाडि नै आफ्नो फोटो क्लिक गरेका थिए । यसले पनि धेरैलाई अलमलमा पारेको छ । मोहम्मद बुया तुरेले फुटबल लिगको उपाधि जितेमा मात्रै हनिमुनमा जाने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर