नागरिकता विधेयक रोकिए नेपाली नेपालीबाटै जन्मिएका नागरिकहरु नागरिकता विहीन हुने अवस्था आउँछ : गगन थापा — OSNepal

नागरिकता विधेयक रोकिए नेपाली नेपालीबाटै जन्मिएका नागरिकहरु नागरिकता विहीन हुने अवस्था आउँछ : गगन थापा

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । नेपाली कांग्रेसका सांसद गगन थापाले नागरिकता विधेयक नयाँ आउने र अहिलेभने यो विधेयक पारित गर्नुपर्ने बताएका छन् । सांसदमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै आज बिहिबार सांसद थापाले नागरिकता विधेयक पारित गर्नुपर्ने बताएका हुन् ।

नागरिकता विधेयक रोकिए नेपाली नेपालीबाटै जन्मिएका नागरिकहरु नागरिकता विहीन हुने अवस्था आउने बताएका उनले भने ,’आमाको नामबाट प्राप्त गर्नुपर्ने जो सन्तान हुन् तीनीहरुले पाउँदैनन्। तर, वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा त हामीले रोके पनि पाउँछन्। कनि पाउँछन् भन्दा कानुन छ। वितेको ४० वर्षदेखि कानुन छ’ ।

सम्मानित राष्ट्रपतिज्यूले उठाएको विषय संसदको सम्पत्तिको रुपमा रहने तर्क राखेका थापाले संसद सकिएपछि पनि नागरिकतासम्बन्धी नयाँ विधेयक आउनैपर्ने मा जोत दिए ।

यो विधेयक पारीत नगरे पनि वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा एउटा व्यवस्था भएको भन्दै थापाले अन्तरिम संसदले बनाएको २०६३ सालको व्यवस्था रहेको बताए ।

‘अन्तर‍िम संसदले पनि त्यो ऐन त्यसै बनाएको होइन। त्यो सारेको हो। कहाँबाट सारेकोरु २०४९ सालको ऐनबाट सारेको। त्यो ऐन कसले बनाएको, गिरिजाप्रसाद, मनमोहन सबैले। २०४९ को ऐन पनि त्यसै बनाएको होइन। त्योपनि सारेको। २०३८ सालमा राजा वीरेन्द्रले बनाउनुभएको ऐनबाट सारेको। त्यसैले वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा वितेको ४० वर्षदेखि एउटा व्यवस्था छ। जसको आधारमा ४ लाख ४० हजार विदेशी महिलाहरुले नेपाली पुरुषहरुसँग विवाह गरेर नागरिकता लिएका छन्।’थापाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर