नागरिकता विधेयक रोकिए पनि तत्काल विदेशी महिलालाई नागरिकतामा ७ वर्षे प्रावधान लागू गर्न सकिँदैन : गृहमन्त्री खाँड — OSNepal

नागरिकता विधेयक रोकिए पनि तत्काल विदेशी महिलालाई नागरिकतामा ७ वर्षे प्रावधान लागू गर्न सकिँदैन : गृहमन्त्री खाँड

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले अब नागरिकता विधेयकलाई रोक्न नमिल्ने बताएका छन् । बिहिबार नागरिकता विधेयकमाथि छलफल गर्न बसेको संसद बैठकमा गृहमन्त्री खाँडले यस्तो जानकारी गराएका हुन् ।

सहमति जुट्न सकेन भनेर पेन्डिङमा राख्न नसकिने भन्दै खाँडले अब लम्ब्याउन सक्ने अवस्था नभएको बताए । नागरिकता विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने जानकारी दिएका उनले थाती राख्दा तिनीहरु झनै प्रताडित हुनेको संख्या बढिरहेको बताए ।

‘थाती राख्दा तिनीहरु झनै प्रताडित हुने भए, तिनको संख्या बढिरहेको छ, उमेर बढिरहेको छ । उनीहरुको उर्जा सकिदै जान्छ , नागरिकता भएमा उद्योग धन्दा खोल्थे होलान्, कोही विदेश जान्थे होलान् ।’ उनले भने ।

नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा ७ वर्षे प्रावधान लागू गर्न नसकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर