राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक बहुमतले पारित, पक्षमा १३४, विपक्षमा ६० मत — OSNepal

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक बहुमतले पारित, पक्षमा १३४, विपक्षमा ६० मत

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट दोस्रो पठक पारित भएको छ ।

बिहीबार भएको मत विभाजनमा पनि सभामुख अग्निप्रसाद सापकोटाले पक्ष र विपक्षमा मतदान गराएका थिए ।

जसमा पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक अन्तत फेरि संसदबाट बहुमतले पारित भएको छ ।

अब सो विधेयक राष्ट्रियसभामा पठाइने छ । त्यसपछि राष्ट्रपतिकोमा पठाइन्छ । राष्टपतिले सुझाव सहित पठाएको विधयेक आज बसेको संसद बैठकमा जस्ताको तस्तै पारित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर