अबिरल बर्षासँगै आएको बाढीले रामेछापमा पाँच घर बगायो — OSNepal

अबिरल बर्षासँगै आएको बाढीले रामेछापमा पाँच घर बगायो

LC (KTM) August 19, 2022 0

रामेछाप, ३ भदौं:

अबिरल बर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ।

अबिरल बर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।

गएराति ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

पहिरोले घर बगाए पनि मानविय क्षति भने भएको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर