माओवादी केन्द्रमा २१ जना पदाधिकारी हुने — OSNepal

माओवादी केन्द्रमा २१ जना पदाधिकारी हुने

LC (KTM) August 19, 2022 0

काठमाडौं ३ भदौ । नेकपा माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने भएका छन् । आज शुक्रबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले २१ सदस्यीय पदाधिकारीको प्रस्ताव राखेका हुन् ।

यसैगरी एक जना अध्यक्ष , एक जना वरिष्ठ उपाध्यक्ष र एक जना उपाध्यक्ष यसअघि नै चयन भएका छन् । आज बसेको बैठकले ७ जना उपमहासचिव , ९ जना सचिव र एक जना कोषध्यक्ष हुने बताएको छ ।

साथै, उपमहासचिव र सचिवको संख्या भने केहि हेरफेर हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए । वरिष्ठ उपाध्यक्षमा नाराणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा यसअघि नै घोषित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर