लन्डन पवमा गुञ्जिदै पप गायकअनिल सिंह — OSNepal

लन्डन पवमा गुञ्जिदै पप गायकअनिल सिंह

LC (KTM) August 19, 2022 0

गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उनको नाम चर्चामा रहन्छ । झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । उनले गीत गाउँदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीत प्रेमी दर्शकनै छैनन् भन्दा पनि फरक पर्दैन। किनकि उनको गायन शैली र गीत नै त्यस्तै छ । संगीत प्रेमी मार्फत रकस्टारको ट्याग पाएका अनिलको गीतमा रम्नेमा युवापुस्ता धेरै छन् ।आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । यिनै अनिलले पछिल्लो समय सार्वजनिक गरेको गीत ‘रेलिमोई’ चर्चामा छ ।

केही समयको तयारी पश्चात् गीतसंगीतमा फर्किँदै छन् । केही समय कन्सर्टमा केन्द्रित भएका अनिलले छिटै सार्वजनिक गर्ने गरी अहिले गीतको काम गरिरहेका छन् । ‘रेलिमोई’ बोलको गीतमा अनिलको स्वर मात्र छैन, उनी फिचर्ड पनि छन् । यिनै अनिलले आज शुक्रबार काठमाडौं स्थित ‘लन्डन पव’ मा कन्सर्ट गर्ने भएका छन् । उनले म्युजिकल क्लब टुर अन्तर्गत कन्सर्ट गर्न लागेका हुन् । उनले यसपटक ब्याण्डसँगै कन्सर्ट गर्दैछन् । उनको ब्याण्ड ‘ग्रुभी सोल’ मा भोकलिस्ट अनिल छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ्ग, ड्रमरमा प्रज्वल निर्वाण रहेका छन् ।

शुक्रबार बेलुकी ८ बजेबाट सुरु हुने कन्सर्टमा अनिलले आफ्नो हिट गीतहरु प्रस्तुत गर्नेछन् । उनको आइ लभ यु, प्रेम पत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट छन् । ‘योजना अनुसारनै काम अगाडी बढाईरहेको छु । क्लबहरुमा म्युजिकल टुर पश्चात विदेशमा पनि गर्ने तयारी हुँदैछ’ अनिलले भने । केहि समय कन्सर्टमा मात्र केन्द्रीत अनिलले पछिल्लो समय गीत संगीत सिर्जनामा पनि उत्तिकै समय दिईरहेका छन् । ‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर, ट्रेन्ड बुझेर आउनु पर्छ’ अनिलले भने । उनले आफू गीतसंगीतसँगै अन्य विविध कामहरूमा रहेको पनि बताएका छन् ।

आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उनले ‘म्युजिक स्टेट’ नामक च्यानल बनाएका छन् । ‘म युट्युबको लागि नयाँ छु । किनकि यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउदैछु’ उनले भने । साथै, उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आइ लभ यु २ गीत छिटै दर्शक समक्ष ल्याउँदै छन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् ।

यसपटक उनले आफ्नै हिट एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लागेका हुन् । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन् । सबै योजना अनुसार नै अगाडि आउने छन्’ अनिलले भने । उनले गीतसंगीतको बदलिँदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेको सुनाए । उनी यसकै लागि केही समय कन्सर्टमा मात्र केन्द्रित भएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर