बहुमत पुर्याउन नसक्दा गण्डकी प्रदेशमा सरकारको नेतृत्व लिने सपना कांग्रेसको अधुरै ,मुख्यमन्त्रीमा फेरि गुरुङले सपथ लिँदै — OSNepal

बहुमत पुर्याउन नसक्दा गण्डकी प्रदेशमा सरकारको नेतृत्व लिने सपना कांग्रेसको अधुरै ,मुख्यमन्त्रीमा फेरि गुरुङले सपथ लिँदै

LC (KTM) May 12, 2021 0

पोखरा २९ बैशाख । राजीनामा दिएको केहि दिनमा नै फेरि स्वत गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन लागेको चार दलको अथक प्रयास असफल भएपछि गुरुङ नै फेरि मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुर्याउन नसक्दा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेकै नेतृत्व हुने भएको हो ।सपथ लिन गुरुङगप्रदेश प्रमुखको कार्यालय पुगिसकेको जनाइएको छ ।

गुरुङ मुख्यमन्त्रीमा संविधानको धारा १६८ (३) अनुसार नियुक्त हुन लागेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु तटस्थ रहेको भन्दै विज्ञप्ती निकालेपछि गण्डकी प्रदेशमा सरकारको नेतृत्व लिने सपना कांग्रेसको तुहिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर