अनुशासनहिन बाबुरामका कारण कतिपय जिल्लामा पार्टी जीवन नै ठप्प भयो : उपेन्द्र यावद — OSNepal

अनुशासनहिन बाबुरामका कारण कतिपय जिल्लामा पार्टी जीवन नै ठप्प भयो : उपेन्द्र यावद

LC (KTM) August 19, 2022 0

काठमाडौं ३ भदौ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यावदले पुर्व सहकर्मी डा बाबुराम भट्टराईलाई अनुशासनहीन र अराजकको संज्ञा दिएका छन् ।

अध्यक्ष यादवले यस्ता अराजक तत्वलाई पार्टीबाट निष्काशन गरेपछि पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडी बढाउने काम सुरु भएको बताएका छन् ।

‘स्थानीय निर्वाचनभन्दा केही समय अगाडिदेखि पार्टीभित्र डा।बाबुराम र उहाँ निकट गुटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भीर समस्या उत्पन्न गर्‍यो’ यावदले भनेका छन् ।

नेता भट्टराईले गर्दा कतिपय जिल्लाहरुमा पार्टी जीवन नै ठप्प हुन पुगेको बताएका यादवले अघि भनेका छन्, ‘पार्टी एकीकरण र ध्रुवीकरणको क्रमसँगै पार्टीको घोषणापत्र र विधानमा सहमति जनाएर एकतावद्ध भएका केही नेता कार्यकर्ताहरूले विभिन्न बहानामा यसलाई कार्यान्वयन गर्न अस्वीकार गरे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर