प्रदीप खड्काको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक, मनिष राउत खलपात्रमा – OSNepal

प्रदीप खड्काको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक, मनिष राउत खलपात्रमा

Osnepal Admin (KTM) August 19, 2022 0

काठमाडौं- ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले महत्व पाएको छ ।डेब्यु अभिनेता मनिष राउतलाई खलपात्रमा देखाइएको छ ।

दोस्रो टिजर पनि हिन्दी स्वरांकन र ब्याकग्राउन्ड स्कोरले बलियो बनेको छ । सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताइएको छ । तर फिल्म चाहिं असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा छ । सन्तोष सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् ।

। फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।दीप र मनिषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको समेत अभिनय छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर