वास्तविक नेपालीले सहजै नागरिकता पाउने र विदेशीका लागि ढोका खुला नराख्ने नीति नेपालको हितमा : भीम रावल — OSNepal

वास्तविक नेपालीले सहजै नागरिकता पाउने र विदेशीका लागि ढोका खुला नराख्ने नीति नेपालको हितमा : भीम रावल

LC (KTM) August 19, 2022 0

काठमाडौं ३ भदौ । नेकपा एमालेका सांसद तथा पुर्व मन्त्री समेत रहेका डा भीम रावलले वास्तविक नेपालीले सहजै नागरिकता पाउनुपर्ने बताएका छन् ।

नेता रावलले वास्तविक नेपालीले सहजै नागरिकता पाए पनि विदेशीका लागि भने यो ढोका खुल्ला राख्न नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् , ‘वास्तविक नेपालीले सहजै नागरिकता पाउने र विदेशीका लागि ढोका खुला नराख्ने नीति नेपालको हितमा छ ।’

जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व धरापमा पार्ने षडयन्त्रको विरोध गर्न समेत नेता रावलले आग्रह गरेका छन् ।

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिले सुझाव सहित पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेपछि नेता रावलले त्यसको विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर