काठमाडौँका मेयर बालेनलाई घोचपेच गरेर धरान फर्किए हर्क साम्पाङ — OSNepal

काठमाडौँका मेयर बालेनलाई घोचपेच गरेर धरान फर्किए हर्क साम्पाङ

LC (KTM) August 19, 2022 0

काठमाडौं ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङ पछिल्लो एक साता निकै व्यस्त बने । उनी धरान उपमहानगरको कामले ब्यस्त नभई काठमाडौँ आएको मौकामा अन्तरवार्ता दिन निकै ब्यस्त् बने । मेयर हर्क सम्पाङ अहिले धरान फर्किसकेका छन् । उनी काठमाडौँ बसुन्जेली अन्तरवार्ताका अलावा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बालेन शाह र केन्द्रिय नेताहरुलाई घोचपेट गरेर स्टाटस पनि लेखे । केन्द्रिय नेताहरुले त खासै प्रतिक्रिया दिएनन् । धेरैले त मसो पनि पाएनन् होला ।

तर सामाजिक संजालमा निकै सक्रिय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने तत्कालै प्रतिक्रिया जनाए । बालेनले जवाफ फर्काउँदै हर्कका हरेक पोस्टमा जवाफ दिएका छन् ।

सम्पाङले फेसबुकमा लेखेका छन्, ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे ! ’ उनको स्टाटसमा बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि तपाईँकै लौरो चुनाव चिह्न लिएर त मैले चुनाव पनि त जितेको हो नि ’ बालेनलाई लक्षीत गर्दै सम्पाङ आका्रमक स्टाटस पनि लेखेका छन् ।

जब हर्कले काठमाडौँ देशकै राजधानीका सडकमा थुप्रिएको फोहोर देखेर श्रमदान गर्न मन लाग्यो भनेपछि सुरु भएको जुहारी भने निकै रचनात्मक भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् । दुवै मेयरहरुले विकाश र रचनात्मक कामको विषयमा बहस गरेको भन्दै यो कुनै अनौठो कुरा नभएको समेत रविले प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर