फिल्म निर्देशक तथा चर्चित डान्स कोरियोग्राफर रेनशाले दिइन् जुम्ल्याहा सन्तानलाई जन्म — OSNepal

फिल्म निर्देशक तथा चर्चित डान्स कोरियोग्राफर रेनशाले दिइन् जुम्ल्याहा सन्तानलाई जन्म

LC (KTM) August 19, 2022 0

काठमाडौं । फिल्म निर्देशक तथा चर्चित डान्स कोरियोग्राफर रेनशा राई आमा बनेकी छन् । उनले आज बिहान जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । आज बिहान सात बजे नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति तथा निर्माता प्रज्वल राणाले जानकारी बताए ।

राणाका अनुसार दुवै बच्चा स्वस्थ रहेको र उनी अझै केही दिन अस्पतालमै रहने छिन् । प्रज्वलले खुसीलाई बयान गरेर साध्य नभPको बताएका छन् । एक दशकदेखिको प्रेम सम्बन्धलाई प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहमा परिणत गरेका थिए ।

हिमालय टिभीबाट प्रसारण भएको डान्सिङ स्टार्स नेपालको निर्णायक रहेकी थिइन् रेनेशा ।  उनी गर्भवती अवस्थामै उक्त रियालिटी शोमा थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर