OSNepal बुधबार, मंसिर २२ २०७८

लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ को फिमेल भर्सन अस्मिताको आवाजमा

लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ को फिमेल भर्सन अस्मिताको आवाजमा

  • OSNepal
  • मंगलबार, असार ८ २०७८


लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ को फिमेल भर्सन अस्मिताको आवाजमा
Reading Time: < 1 minute

काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको को होला त्यो बोलको गीतको फिमेल भर्सनको भिडियो रिलिज गरिएको छ । जसमा पछिल्लो पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ ।

गायक गिरीको शब्द र संगीत रहेको छ भने एरेन्ज गोपाल रसाइलीको रहेको छ । निषेधाज्ञा अगाडी कालिन्चोक, चरिकोट मुडे, लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा लोकप्रिय नायक तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठकै अभिनय देख्न सकिन्छ ।

गायक गिरीले ८ वर्ष अगाडी पल र प्रकृतिलाई नै लिएर को होला त्यो बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो । ८ वर्ष पछि सोही टिम दोहोरीएको भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीले गरेका छन् ।

अनिल कृष्ण मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन् । गायक गिरीकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको भिडियोलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको हो । सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगर उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड