काठमाडौं ७ भदौ । नेकपा एमालेको आज स्थायी कमिटिको बैठक बस्ने भएको छ ।
आगामी निर्वाचन तयारीको विषयमा छलफल गर्न बैठक अहिले ११ बजे बस्ने भएको हो । आगामी निर्वाचनको तयारी तथा रणनीति बनाउन एमालेको केन्द्रीय तहका बैठकहरु आजबाट सुरु हुने भएको हो ।
यसैगरी , भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक समेत एमालेले बोलाएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारी लगायतको बिषयमा छलफल हुने भएको छ ।