काठमाडौं ७ भदौ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्युन रहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बन्द गराउँदै हिड्ने १७ जनालाई पक्राउ गरिएको छ ।
उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा चलेको छ भने सडक र चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।