५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत — OSNepal

५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

LC (KTM) August 23, 2022 0

काठमाडौं ७ भदौ । सरकारले ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको मन्पिरिषद्को बैठकले शहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

सरकारले सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज सरकारको निणर्य सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् ।

दुबै मन्त्रालयमा आर्थिक वर्ष ०७९/८० का आयोजना सञ्चालन गर्न राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निणर्य सरकारले गरेको मन्त्री कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर