स्थानिय चुनाबमा नराम्रोसँग पछारिएका ओलीले आगामी निर्वाचनमा भने जस्तो नतिजा ल्याउलान ? — OSNepal

स्थानिय चुनाबमा नराम्रोसँग पछारिएका ओलीले आगामी निर्वाचनमा भने जस्तो नतिजा ल्याउलान ?

LC (KTM) August 24, 2022 0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग मुलुक र जनताका लागि केही गर्ने क्षमता नभएपनि उनीसंग उखानटुक्का गर्ने क्षमता छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन निजिकिदैं गर्दा फेरिपनि उनको उखानटुक्का भन्ने र नानाथरी भाषण गर्ने क्रम सुरु भएको छ । उखानटुक्का र भारतको विरोध गरेरै दुई चोटि पार्टीका अध्यक्ष र तीन चोटि प्रधानमन्त्री बन्न सफल व्यक्ति हुन्, ओली ।

२०७२ असोज ३ गते नेपाल सरकारले संविधान जारी गर्दा भारतले नाकाबन्दी गर्यो । नेपाल भित्रिने सबै सामानहरु ठप्प पारियो । त्यही नाकाबन्दीको विरोध गरेर ओलीले माथि आए । आफू पार्टी ठूलो बनाउनका लागि ओलीले अनेकथरी भाषण गरे । जनता पनि उनीबाट प्रभावित बनेका थिए । भारतको जोडदार विरोध उनका लागि प्रधानमन्त्री बन्ने खुड्किलो बन्यो ।
२०७४ सालको चुनावमा एमाले सबैभन्दा ठूलो पार्टी बन्यो । स्थानीय र संसदीय चुनावमा एमाले पहिलो पार्टी बनेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपाल कै भएको ओलीले पटकपटक भन्दै आएका छन् । उक्त जमिन भारतले कब्जा गरेको ६० वर्ष भएको उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भ्रमणका लागि भारत पुगे ।

तर, दुवैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग आफ्नो जग्गा फिर्ता गर्नुपर्ने माग राखेनन् । आफ्नो जमिन फिर्ता गर्नका लागि प्रस्ताव गर्न नसक्नु नै ओलीका लागि एउटा खुड्किलो हो । साँच्नै नै प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले मोदीको अघि आत्मसर्मपण गरेको हो भने यसको प्रत्यक्ष फाइदा एमालेले लिनेछ । एमालेले यस कुरा उठाएर आगामी चुनावका लागि भोट माग्ने निश्चित छ ।

आफ्नो भूमिका लागि पनि नेपाली जनताले एमालेलाई मत दिनेछन् । उनले भारतले कब्जा गरेको जमिन फिर्ता ल्याउछु भनेर बाचा गरि दिए भने जनताले एमालेलाई नै जिताउने छन् । यसअघि ओलीले गरेका कर्तुतहरु बिर्सिएर पनि उनको पक्षमा सबै जनता उभिने छन् । पछिल्लो समय राजनीतिक दलबाट वाक्कदिक्क भएका धमाधम स्वतन्त्र खोजिरहेका छन् । स्वतन्त्रहरु भकाभक अघि बढिरहेका छन् ।

तर, यसलाई पनि ध्यानमा राख्दै ओलीले थुप्रै योजना बनाएका छन् । उनले पछिल्लो समय नेपालको जग्गा फिर्ता ल्याउनुपर्छ । एमाले सत्तामा आएन भने मुलुक ठूलो दुर्घटनामा पर्छ । म र मेरो श्रीमती मरेपछि आफ्नो जायजेथो सबै राज्यको हुन्छ भनेर उनले पटकपटक सुनाउदै आएका छन् । त्यस्तै, उनले उपचारका लागि आफूसंग खर्चसमेत नभएको बताएका छन् ।तर, उपचारका लागि सबैभन्दा धेरै राज्यको ढुकुटी दोहन गर्ने ओली नै हुन् । सरकारको खर्चमा उनको उपचार भइरहेको छ । यता, उनले आफ्नो सारा सम्पत्ति राज्यको नाममा पास गरिदिई सकेको दाबी गर्दै आएका छन् । तर, उनले कहाँको सम्पत्ति सरकारको नाममा पास गरिदिए योचाहि खुलाएका छन् । आफ्नो जन्मथलोको हो कि झापाको । कि त भक्तपुरको बालकोटमा भएको घरजग्गा पास गरिदिएको हो, यो अहिलेसम्म बाहिर आएको छैन् ।

उनले बारम्बार भन्दै आएको एउटा कुराः मसंग उपचार गर्ने पैसा छैन् । तर, ओली र उनको आफन्तमा नाममा नेपाली र विदेशी बैंक गरी २२ खर्ब रुपैंया भएको बताइन्छ । अनि जनताको अगाडि कति नौटंकी देखाउने ? ओलीको सम्पूर्ण आवश्यकता राजयले पूरा गर्दै आएको छ । उनले खाने, लाउने, बस्ने, चढ्ने, सुरक्षालगायत सबै सेवासुविधाको खर्च सरकारले व्यहोर्दै आएको छ ।

भूपु प्रधानमन्त्रीले पाउनुपर्ने सम्पूर्ण सेवा उनले लिइरहेका छन् भने सांसद् भएर जनताले तिरेको करबाट तलबभत्ता पनि खाइरहेका छन् । तर, यो नाराले चाहि काम नगर्ने निश्चित छ । ओलीले जनताको विश्वास गुमाइसकेका छन् । उनीसंग उपचार गर्ने पनि रकम छैन् भन्दा कसले पत्याउने ? सरकारको खर्चमा देशविदेश गएर उपचार गर्नेलाई त आफ्नो खर्च किन चाहियो ?पार्टीमा पनि आफ्नो नजिकका व्यक्तिलाई पद दिने । चुनाव नगराउने तर आफू निकटलाई भकाभक पद बाँड्ने । शंकर पोखरेल महासचिव पदमा चुनाव लडेका भए हार्ने व्यक्ति हुन् । तर, ओलीले चुनाव नै नगराइनकन उनको हातमा पद थमाइदिए । आफ्नो निकटस्थलाई पद दिने, जिम्मेवारी दिने, मन्त्री बनाउने ओलीकै बानीका कारण पार्टी फुटेर दुई टुक्रा बन्यो । एमालेमा जोडिएर तीन दशकसम्म काम गरेकाले ठाँउ पाएनन् ।

त्यत्रो वर्ष पार्टीका लागि खटिएकालाई ओलीले कहिले जिम्मेवारी दिएनन् । तर, भर्खरका नयाँले भटाभट टिकट पाए, सांसद् बने । यसको जल्दोबल्दो उदाहरण हुन्, कोमल वली । अघिल्लो दिनसम्म राप्रपा भोलिपल्ट एमालेको मनोनित सांसद् । अरु त हरेको हेप्यै । झापाबाट पनि ओलीको चुनाव हार्छन् भनेर सबैतिर चर्चा चुलिएको छ । काभ्रेबाट गोकुल बाँस्कोटा र भक्तपुरबाट महेश बस्नेतले चुनाव हार्ने कुरो भुसमा आगो फैलिएझैं फैलिरहेको छ ।आउने चुनावमा एमालेले १० देखि १२ सिट मात्र जित्ने अनुमान लगाउन थालिएको छ । जनतासंग एमालेलाई भोट माग्ने अधिकार पनि छैन् । किन कि २०७४ सालमा पहिलो पार्टी बनाएर र सरकारमा पुर्याएको एमालेले आखिरी के गर्यो ? प्रधानमन्त्री पद सम्हाल्न नसकेर ओलीले दुई पटक संसद् विघटन गरे । अब जनताहरु एमालेको हावा कुराको पछि लाग्ने छैनन् ।
वृद्धभत्ता बढाइदिन्छु भनेर यसअघि भोट लिए । तर, अब यसले पनि जादु देखाउने छैन् । सरकारमा त्यत्रो महिना बस्दा पनि वृद्धभत्ता पाँच हजार पुगेन् । एमालेका नेताहरुले जति नौटंकी गरेपनि अब जनताले पत्याउने छैनन् । चुनाव पछि एमालेको बिजोग हुन्छ । केपी ओलीको त हाल बेहाल हुन्छ । अब पनि प्रधानमन्त्री हुन्छु भनेर सोच्नु सपना मात्र हो । यो कुनै हालतमा पूरा हुने छैन् ।
बुढापाखाले भन्थेः समय समातेर समातिदैन्, खोलो छकेर छेकिन्न । ओलीले राम्रोसंग पार्टी र प्रधानमन्त्री चलाएको भए अरु पार्टीले अवसर पाउने अवस्था थिएन् । किन कि एमालेलाई जनताले धेरै विश्वास गरेका थिए । देशको प्रधानमन्त्री जस्तो पदमा बसेका ओलीले आफ्नो पार्टीका सांसद्लाई वालुवाटारमा बोलाएर बोल्ने नहुने कुरासमेत बोलेका छन् । सरकारको विरोध गर्नेलाई कालो अरिगांलजसरी विपक्षलाई गएर डाम्नुस भन्नेलाई जनताले बाँकी छोड्लान् ?
आफू बिरामी भएको बहाना बनाएर पार्टीको बैठकमा नजाने । उता, मन्त्रिपरिषद्को बैठक पनि वालुवाटार मै राख्ने । जतिखेर पनि आइया भनेर नौटंकी देखाउने । कहिले टिचिङ त कहिले विदेश दौडाउनुपर्ने । यस्ता रोगीलाई भोट दियो भने देशको हालत कस्तो होला ? मुलुक नै शिथिल बन्न बेर लाग्दैन् । जनता र राष्ट्रका लागि काम गर्नुपर्ने प्रधानमन्त्री कहिले वालुवाटारमा बाँसुरी बजाएर बस्ने ।
कहिले देशको केक बनाएर काटेर खाने । जनताले तिरेकै करबाट आफन्त र कार्यकर्तालाई बोलाएर चाडबाड मनाउने । सर्वोच्च अदालतले प्रधानमन्त्री पद चट् गरिदिएपछि मोटरसाइकलको र्याली निकालेर वालुवाटारबाट निस्किने । प्रधानमन्त्री निवासबाट बालकोट जान पनि रमिता देखाइयो । जनतालाई दुःख दिएर, ट्राफिक जाम गराएर बालकोट जाने । एमाले कस्तो पार्टी हो र पार्टीमा कस्ता व्यक्ति छन् यसको जवाफ जनताले पाइसकेका छन् । अब आउने चुनावमा एमालेलाई जनताले भित्तामा पुर्याइदिन्छन् ।
बालकोटको निवासको बरण्डामा बसेर उनले माधवकुमार नेपाललाई गद्दार भने । कुनै दिन उनलाई यसबारे पनि पछुतो लाग्न सक्छ । अब आउने चुनावमा पनि ओलीका आसेपासेले टिकट पाँउछन् । जनताले चाहेको र रोजेको व्यक्तिले टिकट पाउदैनन् । जसले गर्दा एमालेको नामोनिशान मेटिन्छ । एमाले यति चाँडो जनताबाट नङगिन्छ र कमजोर हुन्छ भनेर कसैले कल्पना गरेका थिएनन् ।
जनता शिक्षित भइसकेका छन् । उनीहरुले के काम गरिरहेका छन्, त्यसले कति फाइदा गर्छ, कति बेफाइदा हुन्छ भनेर जनताले हेरिरहेका छन् । राजनीतिक दलहरुको मूल्याकंन भइरहेको छ । प्रलोभनमा परेर भोट दिने क्रम बन्द भइसकेको छ । एमाले कमजोर भयो भनेर अरु पार्टी मात्तिए पनि अर्को चुनावमा उनीहरुको हाल पनि उही हो । जनताको दिएको जिम्मेवारी पूरा गर्ने नै अघि आउनेछन् । भोट दिइसकेपछि काम खोज्छन्, भाषण होइन् । ओलीको काम शुन्य छ भने गफ धेरै ।
अनुसा थापा
भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर