जनमोर्चाद्वारा प्रदेशसभा दलका नेतालाई कारबाही, संसदीय दलको नेताबाट हटाइयो — OSNepal

जनमोर्चाद्वारा प्रदेशसभा दलका नेतालाई कारबाही, संसदीय दलको नेताबाट हटाइयो

LC (KTM) May 12, 2021 0

गण्डकी, २९ वैशाख- राष्ट्रिय जनमोर्चाले सो पार्टीका गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएको छ ।प्रदेशमा विपक्षी नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सम्बन्धमा हस्ताक्षर गर्न अस्वीकार गरेको जनाउँदै थापालाई नेताबाट हटाइएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिनुभयो । नेता थापा भने आफूलाई प्रक्रियाविपरीत दल नेताबाट हटाइएको जनाउनुभएको छ । थापाले अस्वीकार गरेपछि विपक्षीलाई बहुमत सङ्ख्या प्रस्तुत गर्न चुनौती भएको छ ।

पार्टीले यसअघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित मिलेर सरकार गठन गर्ने निर्णय गरेको थियो । प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाइएको पत्र गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता गराइएको छ । यही वैशाख २६ गते प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर