एजेन्सी :
चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको १५ दिनपछि बिहीबार होस खुलेको छ । हृदयघातपछि अस्पतालमा भर्ना भएका उनको आज होस खुलेका भारतिय मिडियाले जनाएका छन् ।
गत अगस्ट १० मा ५८ वर्षीय कमेडियन एम्स अस्पतालमा भर्ना भएका उनी होस आएपछि पनि अहिले चिकित्सकको निगरानीमा रहेको बताइएको छ । दिल्लीस्थित जिमखानामा व्यायाम गर्दै गर्दा छातीमा पीडा भएपछि उनी ढलेका थिए ।
त्यसपछि जिम ट्रेनरले उनलाई अस्पताल पुर्याएका थिए । सोही दिनको कोरोनरी एन्जियोप्लास्टी गरिएको थियो । गत साता श्रीवास्तवको स्वास्थ्य चिन्ताजनक भएको हल्ला फैलिएपछि उनकी पत्नी शिखाले हल्ला नफैलाउन र संयम हुन आग्रह गरेकी थिइन् । उनी बिरामी भएपछि उनका फ्यानहरु चिन्तित भएका थिए ।