उपप्रमुख राना भन्छिन् ' संस्कृति संरक्षण एवं प्रर्वद्वनमा महिलाको भूमिका बिशिष्ट' — OSNepal

उपप्रमुख राना भन्छिन् ‘ संस्कृति संरक्षण एवं प्रर्वद्वनमा महिलाको भूमिका बिशिष्ट’

LC (KTM) August 26, 2022 0

पैयूँ, पर्वत । पर्वतको पैँयूँ गाउँपालिकाकी उपप्रमुख याम कुमारी रानाले कला संस्कृतिको संरक्षण एवं प्रर्वद्वनमा महिलाको भूमिका बिशिष्ट हुने बताएकी छन् ।

रानाले त्रिवेणी महिला बचत तथा ऋण सहकारीले शुक्रवार हरितालिका तीजको अवसरमा आयोजना गरेको शुभकामना तथा तीज गित प्रतियोगितामा सो विचार व्यक्त गरेकी हुन् ।

रानाले प्रतियोगितामा कार्यक्रम आयोजक तथा प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई बधाई ज्ञापन गर्दै चाडपर्व हरेक समाज,समुदायका ऐतिहासिक पूँजी भएको बताउँदै तीज हिजोका दिनमा महिला दिदीबहिनी जन्मघरमा जम्मा भएर आफ्ना सुखदुख एवं पीर व्यथा गीतमार्फत बाड्दै मनाईने पर्व भएकोले महिलाका लागि यसको विशिष्ट महत्व रहेको बताईन । रानाले तीज पर्वमा यदाकदा देखिने बिकृतिलाई निरुत्साहित गर्दै रचनात्मक रुपमा मनाउनु पर्ने बताईन ।

प्रतियोगितात्मक रुपमा तीज पर्व मनाउँदा दिदीबहिनीको प्रतिभा प्रस्फुटनको अवसर समेत मिलेको भन्दै रानाले त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद प्रकट गरेकी थिईन । उनले सहकारी संस्थामार्फत पनि महिलाहरुलाई सशक्तिरणमा योग्दान भइरहेको स्मरण गराउँदै महिलालाई आत्मनिर्भर बनाउनका लागि स्थानीय सरकारले कुनै कसुर बाँकी नराख्ने बताइन ।

स्थानीय सरकारले रचनात्क कार्यक्रमका सन्दर्भमा हरेक क्षेत्रमा सहयोग गर्ने उल्लेख गर्दै सहकारीलाई रचनात्मक एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सवालमा आवश्यक समन्वय एवं सरसल्लाहका लागि गाउँपालिका सदा तत्पर रहने धारणा राखिन ।

रानाले भनिन्, एक पुरुष शिक्षित हुँदा एक नागरिक शिक्षित हुन्छ तर एक नारी शिक्षित भइन भने घर, समाज र सिंगो राष्ट्र शिक्षित हुन्छ, त्यसैले आम महिला दिदीबहिनीले यस मर्मलाई आत्मसात गर्दै अगाडि बढनुहुनेछ भन्ने आशा गर्दछु । प्रतियोगितामा हिमालय महिला बचत तथा ऋण सहकारी संस्था प्रथम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर