काजुका यस्ता कैयौँ फाइदाहरु, जुन बच्चा देखी बुढापाखा सम्मको लागि हुन्छ लाभदायक — OSNepal

काजुका यस्ता कैयौँ फाइदाहरु, जुन बच्चा देखी बुढापाखा सम्मको लागि हुन्छ लाभदायक

LC (KTM) June 23, 2021 0

काठमाडौ-काजु स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा मिठो हुन्छ त्यसैले बच्चादेखि बुढासम्मले काजु खान रुचाउँछन् । काजुलाई ड्राइफुडको राजा भनिन्छ काजु स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ ।

यस्का विभिन्न किसिमका फाइदाहरु छन् । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ ।

काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।

काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर